नियम १९
बजार अनुगमन टोली गठन गर्न सक्ने
: (१) ऐनको दफा २९ को प्रयोजनको लागि विभागले कम्तीमा राजपत्राङ्कित तृतीय श्रेणीको कर्मचारीको नेतृत्वमा अनुगमन गरिने वस्तु वा सेवा सम्बन्धी विज्ञ, निरीक्षण अधिकृत, सुरक्षा निकायका पदाधिकारी एवं अन्य निकाय वा संस्थाका प्रतिनिधि समेत रहेको आवश्यक सङ्ख्यामा बजार अनुगमन टोली गठन गर्न सक्नेछ। (२) उपनियम (१) बमोजिम अनुगमन टोली गठन गर्दा अनुगमन गरिने वस्तु वा सेवाको प्रकृति, स्वरुप र प्राविधिक पक्षको आधारमा वस्तु वा सेवाको नियमन गर्ने सम्बन्धित नियमनकारी निकायका प्रतिनिधि, नेपाल सरकार तथा प्रदेश सरकारका सम्बन्धित निकायका अधिकृत प्रतिनिधि समेत रहने गरी विषयगत वा संयुक्त अनुगमन टोली गठन गर्न सकिनेछ।
(३) बजार अनुगमन टोलीले ऐन तथा यस नियमावली बमोजिम बजार अनुगमन तथा निरीक्षण गर्दा अनुसूची-१ बमोजिमको बजार अनुगमन तथा निरीक्षण फारामको प्रयोग गर्नु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम कुनै अनुगमन टोली गठन गरेकोमा विभागले सोको जानकारी मन्त्रालय र सम्बन्धित नियमनकारी निकायलाई दिनु पर्नेछ।
(५) वस्तु वा सेवाको आपूर्ति व्यवस्था, मूल्य, गुणस्तर सम्बन्धी बिषय समेत अनुगमन र सुपरीवेक्षण गर्न मन्त्रालयले आवश्यक व्यवस्था मिलाउन सक्नेछ ।